आज देशको पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, ३० फागुन – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार देशमा हाल बंगलादेश तथा आसपासका क्षेत्रमा उत्पन्न निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको छ । आज राति मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Facebook Comments Box

