आज प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ साउन – अहिले प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार ती स्थानमा हिजो साँझदेखि नै पानी रोकिँदै पर्दै गरिरहेको हो।

‘काठमाडौं उपत्यकामा चाहिँ बिहान २/३ बजेदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, मौसमविद् बासीले भनिन्। उनका अनुसार आज दिउँसो पनि पहाडी भेगका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन्।

यस्तै यस्तै आज राति विशेषगरी पश्चिमतर्फ मनसुन सक्रिय हुने देखिएको छ। मौसमविद् बासीका अनुुसार राति सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ‘ती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ’, उनले भनिन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ३ दिनसम्मको मौसम अनुमान यस्तो रहेकाे छ ।

साउन २१ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन २२ आइतबार
दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साउन २३ सोमबार
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही भूभागमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Facebook Comments Box