काठमाडौं उपत्यकामा २६४ जना सहित देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, ३० साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६४ जना सहित देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार १५५ आरटी पीसीआर तथा २ हजार ५८२ एन्टीजेन परिक्षण सहित ५ हजार ७३७ जनाको परिक्षण गर्दा थप ८८८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४० हजार ९०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९८९ पुगेको छ ।

Facebook Comments Box