सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, ११ साउन — म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध भएपछि आज बिहानदेखि म्याग्दी र मुस्ताङबीचको सिधा यातायात सम्पर्क टुटेको हो। सडक खुलाउन सडक डिभिजन कार्यालयका उपकरण परिचालन गरिएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिनुभयो।

सडक अवरुद्ध हुँदा पर्यटकीय जिल्ला मुस्ताङ जाने तथा फर्कने पर्यटक प्रभावित भएका छन्। उता, पोखरा–जोमसोम हवाई सेवा पनि खराब मौसमका कारण बन्द रहेकोले वैकल्पिक आवतजावतसमेत ठप्प भएको छ। मुस्ताङतर्फ जान चाहनेहरू म्याग्दीको काभ्रेमा र फर्कनेहरू घाँसामा रोकिएका छन्।

Facebook Comments Box