आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ, १४ साउन – अहिले बागमती, प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बागमती, प्रदेश १ र कर्णालीको एक दुई ठाउँमा पानी परिरहेको हो भने लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो।

आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावाना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने भारी वर्षाको सम्भावना छ’, उनले भने।

काठमाडौं उपत्यकामा बिहानीपख पानी परेको तर अहिले रोकिइसकेको मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘अब बिस्तारै बादल कम हुँदै जान्छ’, उनले भने, ‘अपराह्न र साँझपख भने काठमाडौंमा पुनः वर्षा हुने देखिन्छ।’

Facebook Comments Box