कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच दिनदेखि एक्स–रे सेवा अवरुद्ध

जुम्ला, २६ फागुन – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा अवरुद्ध हुँदा उपचारका लागि आउने सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आएपछि पाँच दिनदेखि सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । उपकरण बिग्रिएपछि मर्मतका लागि काठमाडौँ पठाइएको बताइएको छ ।

निर्वाचनका कारण मर्मत प्रक्रियामा ढिलाइ भएको अस्पताल प्रशासनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीका अनुसार आजदेखि एक्स–रे सेवा पुनः नियमित सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा पटक–पटक एक्स–रे र सिटीस्क्यान सेवा अवरुद्ध हुने गरेको भन्दै स्थानीयस्तरमा आलोचना हुँदै आएको छ ।

Facebook Comments Box