बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा सार्बजनिक, एमालेलाई अग्रता
काठमाडौं, २४ असार – बाजुरा बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा सार्बजनिक भएको छ । वडा नं. १ र १० को ४ सय मतगणना गन्दा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ मतको अग्रता लिएका छन् ।
उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् । बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।
Facebook Comments Box

