काठमाडौँमा उपत्याकामा ५२ जना सहित देशभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ५२ जना सहित देशभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ९४४ आरटी पीसीआर तथा १ हजार १६८ एन्टीजेन परिक्षण सहित ३ हजार ११२ जनाको परिक्षण गर्दा थप ९० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४०१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

Facebook Comments Box