आज देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना

काठमाडौँ, १२ जेठ – आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अपराह्नपछि काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति पनि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस क्रममा देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box