सुनसरीका १२ स्थानीय तहमध्ये ६ मा नेपाली कांग्रेसका ५ मा एमालेका उम्मेदवार प्रमुख पदमा अगाडि

धनुषा, २ जेठ – सुनसरीका १२ स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ५ वटा स्थानीय तहमा एमालेका उम्मेदवार प्रमुख पदमा अगाडि रहेका छन् । एउटा स्थानीय तहमा भने जनता समाजवादी पार्टीले अग्रता लिएको छ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीको तथ्यांक अनुसार धरान र इटहरी उपमहानगरपालिका कांग्रेसका उम्मेदवार अघि छन्। त्यस्तै इनरुवा नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। धरान र इटहरीमा सत्ताधारी दलको गठबन्धन छ। हरिनगर, देवानगञ्ज र भोक्राह नरसिंह गाँउपालिकामा पनि कांग्रेसको अग्रता छ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र, दुहवी र रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार प्रमुख पदमा अग्रता लिएका छन्। गढी र वर्जु गाँउपालिकामा एमाले प्रमुख र उप प्रमुख दुवै पदमा अगाडि छ।

Facebook Comments Box