आज देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ

काठमाडौँ, १० कात्तिक – मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ।

त्यस्तै देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने जानकारी महाशाखाले दिएको छ।

महाशाखाले देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

महाशाखाले सुचना जारिगर्दै देशका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box