चितवनको भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए

काठमाडौं, १ जेठ – चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।

विजयले ३ मतको अग्रता लिएका हुन् । आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ६७७७ मतगणना सकिएको छ ।

Facebook Comments Box