कालीदेवीमा माध्यमिक विद्यालयमा वाककला तालिम संचालन

ललितपुर, ६ जेठ – कालीदेवी माध्यमिक विद्यालयमा सञ्चालन भएको वाककला तालिमबाट विद्यार्थी प्रशिक्षित भएका छन्| शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको सहयोगमा कालीदेवी माध्यमिक विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो|जेष्ठ ४ र ५ गते आयोजना गरिएको कार्यक्रमले विद्यार्थीको क्षमता विकास गराउने उद्देश्य रहेको विद्यालयका सहायक प्रधानाध्यापक गोविन्दप्रसाद तिमल्सिनाले बताउनुभयो|

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ४० विद्यार्थी सहभागी थिए ।सहभागी विद्यार्थीलाई वाक कला, सकारात्मक चिन्तन ,माइक्रोफोनको प्रयोग ,कार्यक्रमको ढाँचाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिएको थियो| कार्यक्रमको सहजीकरण रेडियो सगरमाथाका वरिष्ठ कार्यक्रम प्रस्तोता नवराज सञ्जेलले गर्नुभएको थियो|

यस्तै तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरुले प्रयोगात्मक उद्घोषण कक्षा समेत लिएका थिए । उक्त तालिमबाट सबैमा सकरात्मक सञ्चार भएको र उद्घोषण कलाको बारेमा ज्ञान प्राप्त भएको सहभागीले बताएका छन्| शिक्षा निर्देशनालय बागमती प्रदेशले विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी सुधारका व्यवस्थापनका कार्य गर्दै आएको छ ।

वागमती -२ ,माल्टामा रहेको उक्त विद्यालयले यस वर्ष शिक्षक ,विद्यार्थी ,व्यवस्थापन समितिका पदाधिकारी ,बाल क्लबका पदाधिकारीको क्षमता विकास ,विद्यालय शैक्षिक सुधारमा लागेको प्रधानाध्यापक महेश घिमिरेले बताउनु भयो।

Facebook Comments Box