काठमाडौँमा उपत्याकामा ४ जना सहित देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ४ जना सहित देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ६०० आरटी पीसीआर तथा १ हजार ९१ एन्टीजेन परिक्षण सहित ४ हजार ६९१ जनाको परिक्षण गर्दा थप १० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ रहेको छ ।

Facebook Comments Box