त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ चैत – त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदै छ। शृङ्खलामा अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ।

मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो। फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

Facebook Comments Box