बहुप्रतिक्षीत चलचित्र ‘ ए मेरो हजुर ४ ‘को ट्रेलर सार्वजनिक

काठमाडौं, ११ चैत – अनमोल केसी र सुहाना थापा अभिनित बहुप्रतिक्षीत चलचित्र ‘ ए मेरो हजुर ४ ‘को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी र अनमोल -सुहानाको लब स्टोरी देखन सकिन्छ ।

वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’को यस अघि ‘फूलको थुंगा हौ कि’ र ‘सुन्तला’ गीत सार्वजनिक भईसकेको छ । चलचित्र लाई झरना थापाको निर्देशन गरेकी हुन् ।

चलचित्रमा अनमोल र सुहाना सगै सलोन बस्नेत,सरोज खनाल,रबि गिरि लगायतको अभिनय रहेको छ ।चलचित्रमा कुकुर कोकोको पनि मुख्य भूमिकामा देखा परेको छ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँधेका छन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

निर्देशक झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् ।

Facebook Comments Box