कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुग्यो
काठमाडौं, ११ चैत – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो । बाँकी क्रमश आउने छ,’ चौरसियाले भने । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ । फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । पछिल्लो तथ्यांक अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
Facebook Comments Box

