लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु

काठमाडौँ, १ पुस – लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको छ। बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ।

समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका छन्। उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो। यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ। समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार आईओएमले यो दुर्घटनामा मर्ने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ।

Facebook Comments Box