काठमाडौँमा ४ जना र ललितपुरमा १ जना सहित देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँमा ४ जना र ललितपुरमा १ जना सहित देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ९९३ आरटी पीसीआर तथा २ हजार ५५० एन्टीजेन परिक्षण सहित ४ हजार ५४३ जनाको परिक्षण गर्दा थप १७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६२ हजार ५८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

Facebook Comments Box