काठमाडौँ उपत्यकामा ४६३ जना सहित देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४६३ जना सहित देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६, भक्तपुरमा ४३ र ललितपुरमा १०४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २२५ आरटी पीसीआर तथा ३ हजार २८८ एन्टीजेन परिक्षण सहित ८ हजार ५१३ जनाको परिक्षण गर्दा थप १ हजार ७१४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ९९ हजार ३०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ७७१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६३९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ८०३ रहेको छ ।

