मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु

तनहुँ, २२ माघ – तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न नसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box