चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ, १६ साउन – सङ्घीय संसद्मातहतका चार वटा संसदीय समितिको बैठक आज बस्ने भएका छन्। निर्धारित कार्यसूचीअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज क्रमशः आफ्ना कार्यकक्षहरूमा बस्ने कार्यक्रम रहेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२ः३० बजे बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धमा संघ र प्रदेशका सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ। विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे हुनेछ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना– तिनको कार्यान्वयन प्रगति, समस्या, समाधान प्रयास र समितिसँग रहेका अपेक्षाहरूको विषयमा छलफल गरिनेछ।

Facebook Comments Box