सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आजदेखि हट्यो

काठमाडौँ, १५ माघ – काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली शनिबार (आज)बाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको हो ।

तर, ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने प्रशासनको आदेशमा उल्लेख छ । नयाँ आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हटेको छ ।

यसअघि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box