दुर्गापुरमा बावुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

कन्काई , १५ माघ – कन्काई नगरपालिका ७ दुर्गापुरमा बावुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । कन्काई ७ दुर्गापुरमा शनिबार दिउँसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ वर्षीय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

दुलालको मे १ त ७५९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलिरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताउनुभयो। हाल ट्याक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box