मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाइते

पाल्पा, २९ पुस – पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको सिन्धुरेमा बुधबार लु ६ प १५२३ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा निस्दी–७ निवासी ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा गाहाकी पत्नी निरमाया घाइते भएकी छन्। सिन्धुरेमा किराना पसल सञ्चालन गर्दै आएका गाहा पत्नी निरमायालाई लिएर मोटरसाइकलमा घर फर्किंदै गर्दा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले जानकारी दिए। निरमायाको टाउकोमा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments Box