काठमाडौँ उपत्यकामा १ हजार ९१६ जना सहित देशभर थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९१६ जना सहित देशभर थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ४९८ आरटी पीसीआर तथा ४ हजार ५८३ एन्टीजेन परिक्षण सहित १५ हजार ८१ जनाको परिक्षण गर्दा थप ३ हजार ५५३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५२२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २७१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६१० रहेको छ ।

Facebook Comments Box