भारतीय साहित्यकार दियालीसहित १० स्रष्टा सम्मानित
झापा, २६ पुस – कवि शिरोमणि लेखनाथ पौडेलको १३८आँै जन्मजयन्तीको सन्दर्भमा लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले एक पत्रकारसहित विभिन्न विधामा उत्कृष्ट १० जना स्रष्टालाई आज सम्मान गरेको छ ।
कार्यक्रममा रु ५१ हजार १११ नगदले भारतका सिलगुढी निवासी साहित्यकार सुकराज दियाली सम्मानित हुनुभएको छ । भारतमा बसेर नेपाली साहित्यमा पु¥याएको योगदानको उच्च कदर गर्दै उहाँलाई श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट सम्मान गरिएको हो ।
उहाँसँगै पत्रकार रेवतीराज घिमिरे श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मानबाट साहित्यकार डिल्लीराम नेपाल, भक्तकिरण साहित्य सम्मानबाट भानुभक्त कुभिण्डेली र चूडामणि रेग्मी झर्रोशैली सम्मानबाट विराटनगर निवासी मधु पोखरेल पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा झापा जिल्लास्तरीय छन्दोबद्ध कवि सम्मानबाट विर्तामोड निवासी इन्द्रप्रसाद कटुवाल, श्यामकृष्ण कामाक्ष श्रेष्ठ छात्रा पुरस्कारबाट आइसा श्रेष्ठ र स्वीकृति पौडेल, शकुन्तला÷गणेशप्रसाद भट्टराई छात्रा पुरस्कारबाट कशिस श्रेष्ठ, श्रष्टा सम्मानबाट साहित्यकारहरु जनार्दन उप्र्रेती र खगेश्वर कोइरालालाई सम्मान गरिएको हो ।
उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि डा बद्रीविशाल पोखरेलले दोसल्ला र नगदले सम्मान गर्नुभएको थियो । सोही अवसरमा कोभिड–१९ ले पारेको प्रभाव नामक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रम सुरु हुनुअघि लेखनाथ चोकमा रहेको कवि शिरोमणिको शालिकमा माल्यार्पणसमेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार चूडामणि रेग्मी, पत्रकार चन्द्र भण्डारीलगायतले सम्मानित स्रष्टाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

