युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा
काठमाडौं, २९ मङ्सिर – नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानमा शेर मल्ल छन् । यस्तै टिममा टिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रमाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । समूह बीमा रहेको नेपालले डिसेम्बर २३ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।
Facebook Comments Box

