सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं,१८ मङ्सिर – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन्। तेस्रो चरणको खेलमा दिउँसो १ बजे संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै पौने पाँज बजे च्यासल र न्युरोड टिम (एनआरटी)बीच खेल हुनेछ। यी दुवै खेल दशरथ रंगशालामा हुनेछ। मनाङले यसअघि पहिलो र दोस्रो चरणका दुवै खेलमा जित हात पारेको थियो।
संकटाले एउटा खेलमा जित र एउटामा बराबरी खेलेको थियो। च्यासलले एक जित र एक हारको सामना गर्दा एनआरटीले एउटामा हार र एउटामा बराबरीको नतिजा निकालेको थियो।
Facebook Comments Box

