नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौँ, ९ मङ्सिर – नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । पोलिब्टुयरो सदस्य समेत रहेका उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । निरन्तर पार्टी एकताको पक्षमा उभिएको भन्दै उनले भने, ‘सबै हिसाबले मेरो उम्मेदवारी कथाले माग्छ ।’
Facebook Comments Box

