काठमाडौँ उपत्यकामा १ सय ३० जना सहित देशभर थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३० जना सहित देशभर थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १०४ आरटी पीसीआर तथा १ हजार ८०५ एन्टीजेन परिक्षण सहित ८ हजार ९०९ जनाको परिक्षण गर्दा ३०८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २९८जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १ हजार ४०२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५१६ रहेको छ ।

