वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल
हेटौंडा, २२ कात्तिक – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल गरेका छन् । वागमती प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले मत दिन्न अर्थात तटस्थमा मतदान गरेका छन् ।
प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गत कात्तिक ११ गते पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Facebook Comments Box

