रुसमा पछिल्लो २४ घण्टामा ३९,४०० जना कोभिड-१९ का सङ्क्रमितहरू फेला
मस्को, २२ कार्तिक- रुसमा पछिल्लो २४ घण्टामा ३९,४०० कोभिड-१९ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ८,८३४,४९५ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जानकारी दिएको छ।
यसैबीच कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १,१९० ले बढेर २,४८,००४ पुगेको छ भने निको हुनेको संख्या २५,५८२ ले बढेर ७,५८७,५६० पुगेको छ।
त्यसैगरी राजधानी मस्कोमा पछिल्लो २४ घण्टामा ४,९८२ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै राजधानीमा मात्र सङ्क्रमितको सङ्ख्या १,८६६,६०६ पुगेको छ। पछिल्लो जानकारी अनुसार छ करोड भन्दा बढी रूसी नागरिकहरूले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।
Facebook Comments Box

