काठमाडौँ उपत्यकामा १४० जना सहित देशभर थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४० जना सहित देशभर थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ५ र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ११५ आरटी पीसीआर तथा ३ हजार ११७ एन्टीजेन परिक्षण सहित १० हजार २८६ जनाको परिक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४२७ रहेको छ ।

Facebook Comments Box