काठमाडौँ उपत्यकामा २०२ जना सहित देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०२ जना सहित देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७, भक्तपुरमा १५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १६७ आरटी पीसीआर तथा २ हजार ३२८ एन्टीजेन परिक्षण सहित ९ हजार ४९५ जनाको परिक्षण गर्दा ६७२ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ५ हजार १८५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४९० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३८० रहेको छ ।

Facebook Comments Box