सकारात्मक सर्किटसँगै नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं, १३ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा पुगेको छ।

आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा कुल रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा वित्त समूह ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.०२ प्रतिशत र व्यापार समूह ०.८९ प्रतिशतले घटेका छन्। अन्य सबै समूहका उपसूचक भने बढेका छन्।

बैंकिङ समूह ०.२२ प्रतिशत, विकास बैंक ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.४७ प्रतिशत, जलविद्युत् ०.३९ प्रतिशत, लगानी ०.३० प्रतिशत, जीवन बिमा १.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८३ प्रतिशत, लघुवित्त ०.१५ प्रतिशत, निर्जीवन बिमा ०.१९ प्रतिशत र अन्य समूह ०.३५ प्रतिशतले वृद्धि भएका छन्।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेडरिलायन्स स्पिनिङ मिल्स लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता हिमालयन पावर पार्टनर लिमिटेड को शेयर मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Facebook Comments Box