गोरखा केन्द्रबिन्दु भएर आज बिहान ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प
काठमाडौं, ३१ असोज – गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ।
केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो। विनासकारी बारपाक भूकम्प पछि हजारौँ परकम्प गइसकेका छन्। त्यसरी जाने परकम्पका केन्द्रविन्दु गोरखा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकासहितका क्षेत्र हुने गरेका छन्।
Facebook Comments Box

