काठमाडौं इटुम्बाहालकी आर्यतारा शाक्य नयाँ कुमारीमा चयन

काठमाडौं, १२ असोज — इटुम्बाहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरिएको छ। मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेसम्मको साइतमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराउने कार्यक्रम हुनेछ। यसै अवसरमा पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ।

शाक्य महाबिहार संघको आह्वानमा प्राप्त नामसिफारिसहरू मध्ये निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग समितिको सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा चयन गरिएको संघले जनाएको छ। कुमारीलाई जीवित देवीको रूपमा पूजा गर्ने परम्परा काठमाडौं उपत्यकामा प्रचलित छ।

Facebook Comments Box