काठमाडौँ उपत्यकामा २५५ जना सहित देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १७ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५५ जना सहित देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ७० आरटी पीसीआर तथा ३ हजार ८५० एन्टीजेन परिक्षण सहित १० हजार ९२० जनाको परिक्षण गर्दा थप ६७९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८९ हजार २२६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ८०४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४०५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १६४ रहेको छ

