चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं, १७ असोज – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ ।
दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।
हालसम्म भएका खेलको नतिजाअनुसार तीन खेल खेलेके चितवन शतप्रतिशत जितबाट ६ अंक जोडेर पहिलो स्थानमा छ । चार खेल खेलेको ललितपुर चौथो, दुई खेल खेलेको काठमाडौं पाँचौ र ४ खेल खेलेको विराटनगर छैटौं स्थानमा रहेको छ । विराटनगरले एक खेल पनि जितेको छैन ।
Facebook Comments Box

