गाडीको ठक्करबाट चितुवा मर्यो
चितवन, ७ असोज – चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एउटा चितुवा मरेको छ। बुधबार साँझ गाडीले ठक्कर दिँदा करिब दुई महिनाको पोथी चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। मरेको चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको उनले बताए।
माउसँगै बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा चितुवा मरेको हो। चितुवालाई ठक्कर दिने गाडिको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

