आज देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
काठमाडौँ, ७ असोज – हाल देशभर मौसम आंशिक देखि सामान्य सम्म बदली छ र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ।यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म् बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
Facebook Comments Box

