आज देशभर आंशिकदेखि सामान्यसम्म बदली हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, २ असोज – हाल मौसम देशभर आंशिक देखि सामान्य बदली भएको छ भने बागमती प्रदेशका थोरै तथा प्रदेश १ र २ का एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box