एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपालले आज पहिलो खेल फिलिपिन्ससँग खेल्दै
काठमाडौँ, २ असोज – एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपालले आज पहिलो खेल फिलिपिन्ससँग खेल्दै छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समयानुसार खेल दिउँसो ३ः४५ बजे खेल सुरु हुनेछ।
फिफा वरीयतामा ३३औं स्थानमा रहेको फिलिपिन्सविरुद्धको खेल १०१औं स्थानमा रहेको नेपाललाई चुनौतीपूर्ण हुनेछ। तर पनि आफूहरू उच्च मनोबलका साथ मैदानमा उत्रिने नेपाली खेलाडीले बताएका छन्।
यस्तै आगामी बिहीबार नेपालले दोस्रो खेल हङकङसँग खेल्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागी हुने पाउनेछ। यो प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
Facebook Comments Box

