नेकपा एमालेको विधान महाधिवेशन असोज १५–१७ गते काठमाडौंमा गर्ने निर्णय
काठमाडौँ, २६ भदौ – नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।
स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।
Facebook Comments Box

