पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरियो

काठमाडौँ, २३ भदौ – त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ । विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको हो ।

करिब चार रोपनी जग्गामा उक्त भवन रु २१ करोड ५५ लाखका लागतमा निर्माण हुँदैछ । त्रिवि, मानविकी तथा समाजशास्त्र सङ्कायका डीन डा कुसुम शाक्यले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा वीरबहादुर खनाल, पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल, भवन निर्माण समितिका संयोजक उपप्राध्यक देवराज अर्याललगायत, पत्रकारिता विभागका  प्रध्यापकहरु प्रवलराज पोख्रेल, डा.कुन्दन अर्याल, घमराज लुईटेल, जगत नेपाल, श्रीराम पौडेल, शशिनाथ मरासिनी, लेखनाथ पौडेल, सुभराज सिल्पकार र नरेश श्रेष्ठ तथा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस विद्यार्थी कल्याण प्रमुख देवि घिमिरेका साथै विद्यार्थी तथा कर्मचारीहरु पनि सहभागी हुनुभएको थियो ।

Facebook Comments Box