काठमाडौँका प्रजिअको सरुवा

काठमाडौं, २२ भदौ – काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ ।

उहाँलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आउनुभएको थियो ।

Facebook Comments Box