जनकपुरमा झुला भाँचिँदा फसेका ५६ जनाको सकुशल उद्धार
जनकपुर, ११ असोज – जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिँदा फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। शुक्रबार राति माता राजदेवी मन्दिर परिसरमा आयोजित मेलामा झुला घुम्ने क्रममा भाँचिएको थियो।
घटना भएपछि नेपाली सेनाको अगुवाइमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा उद्दार कार्य सुरु गरिएको थियो।संयुक्त टोलिले क्रेन र जेसिबीको सहायताले फसेका सबैलाई सकुशल उद्दार गरेको जनकपुरस्थित नेपाली सेनाले जनाएको छ।
विजयादशमीका अवसरमा महावीर युवा कमिटी, श्रीराम युवा कमिटी लगायतको व्यवस्थापनमा सो मेला आयोजना गरिएको थियो।
Facebook Comments Box

