बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडक खण्डकाे कल्भट बगायाे
विराटनगर, १५ असार – निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडकखण्डमा कल्भट बगाएको छ ।
मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो । मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ ।
सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box

