पाँच हजार नागरिकता वितरण
दमक, ७ साउन – झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष २०७७÷७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ ।
कार्यालयको तथ्याङ्कमा २०७७÷७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६÷७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ । आव २०७७÷७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिनुभयो ।
सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।
Facebook Comments Box

